Sentence
stringlengths 3
386
|
---|
औसत प्रतिव्यक्ति खर्च भारतीय पर्यटकको एक हजार दुई डलर र चिनियाँको नौ सय डलर छ भने अमेरिकीको सात सय डलर, बेलायतीको पाँच सय डलर छ |
त्यसैले भारत र चीन पर्यटकका प्रमुख स्रोत राष्ट्र भएकाले यी मुलुकमा पर्यटन प्रवद्र्धनका लागि विशेष ध्यान पुयाउन आवश्यक छ |
पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच समयसमयमा महवपूर्ण सहमति भएका छन् |
दुई देशका प्रधानमन्त्रीको भेट र एक महिनाअघि भएको समझदारीको कार्यान्वयनले भारतीय पर्यटक आकर्षण गर्न सहयोग पुग्नसक्छ |
रामायण सर्किट, बुद्धिष्ट सर्किटलगायत साहसिक पर्यटन प्रवद्र्धनमा दुवै देशका सहमति भइसकेकाले यसलाई कार्यान्वयनमा लैजान ढिलाइ गर्नु हुँदैन |
गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पन्न गर्नुभएको चीन भ्रमणका क्रममा दुई देशबीच रेल, सिधा उडान, सडक, सञ्चार लगायतका कनेक्टिभिटी सहयोग परियोजनामा हस्ताक्षर भएको छ |
यसले चिनिया पर्यटक नेपालमा भित्र्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ |
नेपालमा पर्यटक आगमन सिजनल हुनेगर्छ |
अक्टोबर, नोभेम्बर र डिसेम्बरमा निकै सङ्ख्यामा विदेशी पर्यटक आउँछन् |
यो समयमा अमेरिकी तथा युरोपेली पर्यटकको सङ्ख्या निकै रहने गर्छ |
अफ सिजनका रूपमा लिइने गर्मी र वर्षाको समयमा भने पर्यटकको सङ्ख्या कम हुन्छ |
यो समय भने भारतीय पर्यटकका लागि उपयुक्त समय पनि हो |
म्यान्मा, भियतनाम र बङ्गलादेशबाट पनि धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ |
अर्कोतर्फ, गन्तव्य स्थलको पहिचान र विकास हुन सकेको छैन, विमानस्थल, सडकजस्ता भौतिक पूर्वाधारको पर्याप्त सुधार नभए अब बढ्ने पर्यटकलाई धान्न सक्ने क्षमता छैन |
त्यसैले पर्यटन प्रवद्र्धन सँगसँगै पूर्वाधार विकासमा पनि ध्यान जानुपर्छ |
Subsets and Splits